हरिनारायण रौनियारले भनेः पप्पु कन्स्ट्रक्सन छाडेको एक बर्ष भैसक्यो

  २०७५ असार १२ गते १८:०१     विकासन्युज

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू विगत एक वर्षदेखि पप्पु कन्सट्रक्शनमा संलग्ननरहेको जनाउँदै आफूलाई उक्त संस्थासँग जोडेर अहिले नियोजित रुपमा बद्नाम र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कडा आपत्ति जनाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सांसद रौनियराले आफू सम्पूर्ण व्यवसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएकोले अहिले पनि पप्पु कन्स्ट्रक्सन प्रालिसँग जोडेर पटक–पटक आफ्नो जोडेकोमा गम्भिर आपत्ति जनाएकाहुन् ।
उनले भने,‘म त विगत एक वर्षदेखि यो प्रालीमा छैन, म त अब पूर्णकालिन राजनीतिमा होमिएको छु, आफ्नो ३५ वर्षे व्यवसायिक अनुभवलाई अब राजनीतिको माध्यमबाट देशको सेवा गर्न आएको छु, अहिले विभिन्न पेशा तथा व्यवसायमा लामो समयसम्म अनुभव हाँसिल गरेका साथीहरु पनि सांसद बन्नुभएको छ, म पनि अब राष्ट्र सेवाकै लागि आएको हुँ ।’
जेड.आई.सी–पप्पु जे÷भी वीरगन्ज, पर्साको नाममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘यस निर्माण कम्पनीका बारेमा विगत केही दिनदेखि केही पत्रपत्रिका, टेलिभिजन र अनलाईन सञ्चार माध्यमहरुमा आईरहेका दुराग्रहपूर्ण, कपोलकल्पित र भ्रामक समाचारप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ, सत्यतथ्य नै नबुझी मनगणन्ते शैलीका यस्ता समाचारको उद्देश्य यस कम्पनीका संस्थापकएवम् संघीय संसदका सदस्य माननीय श्री हरि नारायण रौनियारज्यूको राजनीतिकचरित्र हत्या र कम्पनीलाई बद्नाम गर्ने कुत्सित उद्देश्यबाट पचिारलित कमजोर मनोविज्ञानको उपज हो भन्ने हाम्रो ठम्याई छ ।’
पत्रकार सम्मेलनमा बोल्दै सांसद रौनियारले पेशा तथा व्यवसाय गरेर राजनीतिमा आउनु पाप हो त ? भन्दै उल्टै प्रश्न समेत गरेका छन् । उनले दिनहुँ जसो सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै दोषी देखाउने काम गरेकोमा पनि आपत्ति जनाए ।
उनले भने,‘के निर्माण व्यवसायीहरुको मात्रै दोष छ त ? सरकारको दोष छैन त ? अहिले देशमा कुल १२ सय वटा पुलहरु निर्माणाधिन अवस्थामा छन्, तीनको लागत १२ खर्ब लाग्छ, सरकारले त्यसको २० प्रतिशत पनि पेमेन्ट दिन सकेको छैन, तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायीहरुलाई मात्रै दोष देखाउने काम गर्यो, सत्य तथ्य बुझ्नु पर्यो ।’ यद्धपी उनले आफूले यीविषयमा निर्माण व्यवसायीको हैसियतले भन्दा पनि सांसदको हैसियतमा आफ्नो गुनासो राखेको स्पष्ट पारे ।
आफूले कुनै गलतकाम गरेको पुष्टि भए जस्तो सुकै सजाय पनि भोग्न आफू तयार रहेको सांसद रौनियारको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.