२०७५ असार १३ गते १२:५६ विकासन्युज
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि इन्स्योरेन्सले नेपाल मेडिसिटि अस्पतालसंग सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ ।
अब इन्स्योरेन्सका ग्राहक र कर्मचारी दुबैले उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्मको सहुलियत पाउने छन् ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाईफ इन्स्योरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । कम्पनीका नायव महाप्रबन्धक केशवराज केसील ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनु साथै अस्पतालसंग निरन्तर काम गर्ने अपेक्षा रहेको बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.