२०७५ असार २१ गते १८:४८ विकासन्युज
काठमाडौं । ब्राजिलका २६ वर्षिय स्ट्रार खेलाडी नेइमार जुनियरको खेल भन्दा उनको चटकीको चर्चा विश्वकपमा भैरहेको छ । पुर्व खेलाडी तथा फुटबल विज्ञहरुले नेइमारको अवस्थालाई नाटकको संज्ञा दिइरहेका छन् ।
तर ब्राजिलका पुर्व खेलाडी रोनाल्डोले भने नेइमारलाई विश्वकपमा सबै प्रकारको सुरक्षा चाहिने बताएका छन् । उनले भनेका छन् -‘सबै मानिसहरु नेइमारलाई नाटक गरिरहेका भनेका छन् तर मलाई यो लाग्दैन कि नेइमार नाटक गरिरहेका छन्, उनलाई विपक्षी खेलाडीहरुले यसरी आक्रमण गरिरहेका छन् त्यसकारण उनी पुर्ण सुरक्षित हुनु आवश्यक छ ।’
यसैगरी ब्राजिल फुुटबल एशोसियनले पनि नेइमार थप सुरक्षि हुनुपर्ने बताएको छ । खेलाडीहरुलाई सुझाव दिदैं एशोसियसनले खेलाडीहरुलाई मैदानमा अनावश्यक हल्ला नगर्न र शान्त रहँन आग्रह गरेको छ । खेलाडीले कसरी आफ्नो साथीलाई सहयोग गर्ने र कसरी प्रशिक्षकको योजना अनुसार काम गर्ने भन्ने विषय सोच्नु पर्छ । एशोसियसनले भनेको छ हाम्रा सबै खेलाडी सुरक्षित हुनुपर्छ ।
२०१४ को विश्वकपमा कोलम्बियासँगको खेलमा नेइमार घाइते भएपछि सेमिफाइनलमा जर्मनीसँग ७ १ गोल अन्तरले हारेको थियो । शुक्रबार ब्राजिलले बेल्जियमसँग नेपाली समय अनुसार ११:४५ बजे प्रतिस्पर्धा गर्दैछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.