४५ हजार घुस सहित इन्जिनियर अजय कमार ठाकुर पक्राउ

  २०७५ असार २४ गते ११:५७     विकासन्युज

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय, गौर रौतहटका इन्जिनियर ठाकुर भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । ठाकुरले विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चात अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने घुस मागेपछि उनी पक्राउ परेका हुन् ।

ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ४५ हजार घुससहित पक्राउ गरेको सहायक प्रवक्ता मदन कोइराले जानकारी दिए ।

अब उनीमाथी थप अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिने कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.