२०७५ साउन ९ गते ८:३७ विकासन्युज
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि सहायक कम्पनी स्थापना गरेको छ ।बैंकले जनता क्यापिटल लिमिटेड स्थापना गरेको हो ।
क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । अगष्ट १० तारिखसम्म दरखास्त दिन कम्पनीले भनेको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.