युनाईटेड इन्स्योरेन्स र दुई वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ साउन १३ गते १२:१६     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले दुई वाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । कम्पनीले एनआईसी एशिया बैंक र राष्ट्रिय बाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको हो ।

आइतबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै गत शुक्रबार एनआईसी एशिया बैंकका काम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनाईटेड इन्स्योरेन्स कम्पनीका भट्टराईले बैंकास्योरेन्स सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले कर्जा प्रवाह गर्दा कर्जाधितोको बीमा यूनाईटेड इन्स्योरेन्समा गर्ने बताइएको छ । पछिल्लो समय बैंक र बीमा कम्पनीबीच व्यवसायिक सहकार्यको लागि बैंकास्योरेन्स गर्ने अभ्यास बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.