थाई एयरवेजद्धारा अायाेजित रक्तदान कार्यक्रममा १२० जनाभन्दा बढीले गरे रक्तदान

  २०७५ साउन १५ गते १८:१४     विकासन्युज

काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले साउन १५ गते(मंगलबार)का दिन रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले २६ वर्ष अघि १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५०औं वार्षिक उत्सव यस वर्ष मनाउँदै छ । उक्त रक्तदान कार्यक्रममा मिस नेपाल २०१८ को उपाधि विजेताहरुको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा १२० जनाभन्दा बढी व्यक्तिहरुले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम संख्यामा उपस्थित सहभागीहरुले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्के र टीमको नेतृत्वमा निःशुल्क कार्डिएक चेक–अप, ब्ल्ड सुगर टेस्ट, ईसिजि र ईकोे स्क्रिनिङ्गको लाभ उठाएको छ ।

ट्राभल एजेन्ट, जनमानस, शुभ–चिन्तकका साथै थाई एयरवेजका परिवारहरुको उक्त रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रममा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.