सिरियामा भिषण युद्धको तयारी गर्दै रुस/अमेरिका, ६३ हजार रुसी सेना मैदानमा

  २०७५ भदौ ७ गते ९:०१     विकासन्युज

मस्को । रासस/एएफपी । रुसले सिरियामा भइरहेको द्धन्द्धका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

“उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेका छन्,” मन्त्रालयका अधिकारीले भनेका छन् । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले गत सन् २०१७ को डिसेम्बर महिनामा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिए ।

सन् २०११ देखि शुरु भएको सिरिया युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौँ विस्थापित भएका छन् ।
सिरिया युद्धमा रुसले बसर अल असदको सरकारलाई सघाउँदै आएको छ भने अमेरिकाले बिद्रोहीलाई सघाउँदै आएको छ । सिरियामा असद सरकार र उसका बिरोधीहरुका बिचमा युद्ध भैरहेको देखिएपनि त्यसको पर्दा पछाडी भने रुस र अमेरिका एक अर्का विरुद्ध लडिरहेका छन् । रुसले असदको सत्ता जोगाउनुलाई आफ्नो अस्थित्व रक्षा ठानेको छ भने अमेरिकाका लागि असदको सत्ता पल्टाउनु प्रतिष्ठाको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.