मेक्सिकोसँग व्यापार सम्झौता गर्ने ट्रम्पको घोषणा

  २०७५ भदौ १० गते ९:०२     विकासन्युज

वासिङ्टन । रासस/एएफपी । अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् ।

मेक्सिकोसँगको हाम्रो सम्बन्ध केही घण्टामै निकट बन्ने छ, राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत उल्लेख गरेका हुन् ।

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौताका लागि दुबै पक्षका वार्ताकारहरूले कुराकानी गरिरहेको सम्भवतः हप्तान्तसँगै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता पुनर्संरचनासहित नवीकरण हुनेछ ।

“पूरानो तथा नया सरकारमा रहेका केही साच्चै असल व्यक्तिहरू र अन्य सबैले सँगै रहेर काम गरिरहेका छन् । मेक्सिकोसँगको विशाल व्यापार सम्झौता छिट्टै हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.