अब गरिमा विकास बैंकबाटै एभरेष्टको इन्स्योरेन्स सेवा पाइने

  २०७५ भदौ १३ गते १७:४२     विकासन्युज

काठमाडौं । अब गरिमा विकास बैंक लिमिटेडबाटै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे बैंकास्याेरेन्स सेवा प्रदान गर्ने सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त सेवा पाउने भएका हुन् ।

उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले हस्ताक्षर गरेका छन् ।

सो सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.