२०७५ भदौ १३ गते १९:०८ विकासन्युज
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.