सिभिल बैंकद्धारा दुर्घटना बीमा अन्तर्गत पाैने २ लाख रूपैयाँ भुक्तानी

  २०७५ भदौ १८ गते १३:०८     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले निःशुल्क दुर्घटना/मृत्यु बीमा कार्यक्रम अन्तर्गत निर्मला थारुलाई १ लाख ७४ हजार २४० रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ । बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले दुर्घटनामा परी मृत्यु भएका वंसराज थारुको सुपुत्री निर्मला थारुलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दुर्घटनामा परी मृत्यु भए पश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवीथारुको नाममा बैंकले उपलब्ध गराएको छ ।

निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दुर्घटना/मृत्यु बीमा बापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भए पनि राहत पुर्याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.