नापी कार्यालयका जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ

  २०७५ भदौ १९ गते १६:३१     विकासन्युज

काठमाडौं । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.