२०७५ भदौ १९ गते १८:४३ विकासन्युज
काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा बिक्रिवितरण गर्दै आएको महिन्द्राले माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रिय बन्दै गएको सानो मोडेलको ट्रक नेपालको लागि दुगड ब्रदर्श एण्ड सन्स्ले बिक्री गर्ने भएको हो ।
१२ लाख ३५ हजार मूल्य तोकिएको सो ट्रक सार्वजनिक भएकै दिनमा महिन्द्राको विभिन्न ५१ थान गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । नयाँ मोडलको माक्सिमोमा अगाडीको भागमा ८ पत्ता सस्पेन्सन राखिएको छ । जसले ८५० केजीसम्म सजिलै बोक्न सक्नेछ ।
दुगड ब्रदर्श एण्ड सन्सका प्रबन्ध निर्देशक विवेक दुगडले भने ‘ हाम्रो मुख्य शक्ति वा तागत भनेकाे हाम्रा ग्राहकहरु नै हुन् ।’ त्यसैगरि यो प्रोफिक्ट ट्रकले पनि ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने उनले बताए । यो ट्रकले लामो दुरीसम्म सञ्चालन गर्न सक्नेछ ।
कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री हेड चैतन्या कागल्करको पनि उपस्थिती रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.