गुराँस लाइफ इन्स्योरेन्सद्धारा दुई मृतकका परिवारलाई मृत्यु दावी भुक्तानी

  २०७५ भदौ २१ गते १८:०३     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानीवापत पर्साका बीमित बलबहादुर श्रेष्ठ र काभ्रेका बीमित दिलमान मोक्तानका परिवारलाई क्रमशः १४ लाख र ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराएका पर्साका बीमित श्रेष्ठको दुबईमा मृत्यु भएकाले इन्स्योरेन्सले उनको पिता डम्बरबहादुर श्रेष्ठलाई सो मात्राको रकम हस्तान्तरण गरेको छ ।

साथै, कम्पनीले बीमित मोक्तानको मलेसियामा मृत्यु भएकाले श्रीमती रेलिमाया मोक्तानलाई तथा घातक रोग वापतको सो मात्राको रकम नुवाकोट निवासी शमशेरबहादुर तामाङलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले दुबै बीमितका परिवारलाई बीमा दावी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.