२०७५ भदौ २६ गते १७:१७ विकासन्युज
काठमाडौं । सनराइज बैंकको १ करोड २ लाख रुपैंया घोटला गर्न खोज्ने प्रदिप न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरको हो ।
न्यौपानेले डीएमके इम्र्पोट तथा एक्र्सपोर्ट कम्पनी दर्ता गरी उक्त कम्पनीको नाममा सनराइज बैंक लिमिटेड बाट प्राप्त पीओएस मेसिनबाट नक्कली कार्डको माध्यमले अनाधिकृत रुपमा कारोबार गर्दै आएका थिए । उनीलाई उच्च अदालत पाटन बाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान कार्य भैरहेको छ ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु
१. प्रदीप न्यौपानेले कम्पनी रजिष्टर गरी ठुलो कारोबार हुने भनी बैंकबाट पोइन्ट अफ सेल मेसिन लिन सफल भएको । बैक बाट प्राप्त मेसिनमा बेलुका ८ बजे देखी मात्र कार्ड रिड गराउने गरेको ।
३.पटकको प्रयासमा १,०२,१९६४८ एक करोड दुई लाख उन्नाईस हजार छ सय अठचालिस० गरेकोमा रु.२२,७७,४५२ बाईस लाख सतहतर हजार चार सय बाउन्न गर्न सफल भएको ।
४. कार्डबाट कारोबार गर्दा बिदेशी नागरिकलाई रुपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग भएको देखिन आएको ।
५.शंकास्पद कारोबारबाट भएको रकम खातामा जम्मा गरी प्रदीप न्यौपानेले झिक्ने गरेको ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.