बैंक/बीमाको तालिम र डाटा संकलन गर्न ५ करोडको कम्पनी, असोज २ गते वृहत सम्मेलन

  २०७५ भदौ २६ गते १८:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुमा जनशक्ति अभावको कथा पुरानै हो । अहिले पनि चार पाँच वटा भन्दा बढी बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृतको पर्खाईमा छन् । बैंकहरुले पनि दक्ष जनशक्ति नपाईरहेका बताईरहेकै छन् । अर्कातिर बजारमा अध्ययन गरेर बसेको ठूलो जनशक्तिले रोजगारी नपाएको गुनासो गरिरहेको छ ।

बजारको आवश्यकता र रोजगारीको खोजीमा रहेका जनशक्तिहरुबीचको खाडल पुर्नका लागि बैंकिङ फाइनान्स तथा इन्स्योरेन्स इस्टिच्युट अफ नेपाल(बिएफआइएन) स्थापना भएको छ । केहि बाणिज्य बैंक, केहि विकास बैंक, केहि फाइनान्स कम्पनी तथा माइक्रोफाइनान्स कम्पनीसँग मिलेर इमर्जिङ नेपालले बिएफआइएन स्थापना गरेको हो ।

५ करोड चुक्ता पुँजीमा स्थापना भएको कम्पनीले आगामी असोज २ गते काठमाडौंमा बैंक तथा वित्तिय सस्ंथाः उदियमान चुनौती, अवसर र जोखिम बिषयममा सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनमा बंगलादेशको केन्द्रिय बैंकका पुर्व गभर्नर डा. अतिउर रहमान, भारतीय सर्वाेच्च अदालतका बरिष्ठ अधिवक्ता डा. सतिश चन्द्र र बाश्याम रेंगानाथले बिशेष सम्बोधन गर्नेछन् ।

सो सम्मेलनम बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीका उच्च व्यवस्थानको सहभागीता रहने बिएफआईनका अध्यक्ष डा. बिनोद आत्रेयले बताए । कम्पनीले बैंक तथा वित्तिय क्षेत्रका लागि आवश्यक जनशक्तिको उत्पादन, जोखिम न्युनिकरणका उपायहरुको खोजी, कर्मचारीको क्षमता अभिवृद्धि, बैंक तथा वित्तिय संस्था र बीमा क्षेत्रको डाटा सेन्टरको स्थापना गर्ने अध्यक्ष आत्रेयले बताए ।

सम्मेलनकै दिन कम्पनीको उद्घाटन गरिनेछ । आत्रेय अध्यक्ष रहेको कम्पनीमा एनआइसी एसिया बैंकका तर्फबाट सुदिप खनाल, ग्लोबल आइएमई बैंकबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट दिपक श्रेष्ठ र महालक्ष्मी विकास बैंकका तर्फबाट दिपेश लम्साल सञ्चालक रहेका छन् ।

सम्मेलनमा बैंकिङ क्षेत्रको चुनौती, अवसर र जोखिम, भारतमा मर्जर तथा एक्विजिसनको अभ्यास, वित्तिय समावेशीकरण तथा दिगो विकासका लक्ष्यका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.