२०७५ भदौ २८ गते १८:४५ विकासन्युज
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८औं शाखा बौद्ध र ३९औं शाखा कलंकीमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन बिहीबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
साथै, बिहीबारै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै फेयर अन्डरराइटिङ, स्मार्ट क्लेम सर्भिसेसको सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सकिनेछ ।
हालै मात्र संयुक्त अधिराज्यमा रहेको यूनाईटेड रजिष्टार अफ सिस्टमस्बाट गरिएको विस्तृत लेखापरीक्षण पश्चात यस लुम्बिनी जनरल इन्स्योरेन्सलाई आईएसओ स्ट्याडार्ड सर्टिफिकेट, आईएसओ ९००१ः२०१५ प्रदान गरिएको सहर्ष जानकारी गराउंछौं ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.