टीभीएसको स्कुटी १ लाख १२ हजारमै, यस्ता छन् अन्य कम्पनीका सस्ता स्कुटरहरु

  २०७५ भदौ २९ गते १२:५६     विकासन्युज

काठमाडौं । नाडा अटो शोमाा जगदम्बा अटो ग्रुपले सबैभन्दा सस्तो स्कुटर नेपाली बजारमा ल्याएको छ । ९ मोडेलका स्कुटर बिक्री गर्दै आएको कम्पनीले १ लाख १२ हजारमै स्कुटर ल्याएको हो । एक्सएल १०० नामक स्कुटरको बजार मूल्य कम्पनीले १ लाख १२ हजार ९ सय रुपैंया तोकेको छ ।

यस्ता छन् अन्य कम्पनीका सस्ता स्कुटरहरु

होण्डा

७ मोडेलको स्कुटर बिक्री गर्दै आएको ११० सिसीको होण्डा नाभी स्कुटरको मूल्य एक लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ । सो स्कुटरमा ४ हजार रुपैंयसम्म छुटको व्यवस्था गरेको छ ।

हिरो

हिरो मोटरकर्पको प्लेजर स्कुटरको मूल्य एक लाख ६४ हजार रुपैयाँ तोकेको छ । सो स्कुटरमा कम्पनीले ९ हजारसम्म छुटको व्यवस्था गरेको छ ।

यामाहा

यामाहाको र्या ज ११३ सिसी स्कुटरको मूल्य एक लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले सो स्कुटरमा ७ हजार रुपैंया छुटको व्यावस्था गरेको छ ।

सुजुकी सुजुकी लेट्स स्कुटरको मूल्य एक लाख ८३ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीले नाडा अटो शोमा यो स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट दिइएको छ ।

अप्रिला

अप्रिला एसआर १२५ सिसी स्कुटरको मूल्य दुई लाख ४० हजार रुपैयाँ तोकिएको छ।

भेस्पा

भेस्पा एलएक्स १२५ सिसिको मूल्य दुई लाख ५९ हजार ९४६ रुपैयाँ तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.