२०७५ असोज १ गते १५:२४ विकासन्युज
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रतापशाहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।
हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब ५३ करोड रकुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.