मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनस सेयर दिन प्रस्ताव

  २०७५ असोज ४ गते १२:२२     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट चुत्तापुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.