अब शाइन रेसुङ्गाबाटै १ लाखसम्मको अनलाईन भुक्तानी गर्न सकिने

  २०७५ असोज ४ गते १४:३०     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् । बैंक नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आवद्ध भएपछि ग्राहकले उक्त सुविधा पाउने भएका हुन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् ।

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् ।

कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा हाल सम्म ३८ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका छन् । त्यसमध्ये हालसम्म २९ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.