२०७५ असोज ४ गते १४:५७ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हाे ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.