महालक्ष्मी विकास बैंंकको साधारणसभा असाज २६ मा, १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

  २०७५ असोज ५ गते ८:४४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत अर्थात १८ करोड ४३ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत अर्थात २१ करोड ७ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।

महालक्ष्मीलाई अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्न र प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति दिने प्रस्ताव सभाले पारित गर्ने छ । बैंकको चलअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याँकन (डीडीए) गर्न परामर्शदाता, मूल्याँकनकर्ता र लेखापरीक्षक नियुत्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.