पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकको ६० करोड लगानी

  २०७५ असोज ५ गते १२:५८     विकासन्युज

काठमाडौं । ५ मेगावाटको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत रहने आयोजनामा बैंकले ६० करोड ऋण र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भई विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.