संकटग्रस्त क्यापिटल मर्चेन्टमा प्रवलजंग पाण्डे समूहको प्रवेश, नयाँ लगानीकर्ताले २२ रुपैयाँमा संस्थापक सेयर किने

  २०७५ असोज ७ गते १२:४९     विकासन्युज

काठमाडौं । संकटग्रस्त घोषित भइ कारोबार नै बन्द भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।  बन्द अवस्थामा रहेको फाइनान्समा युवा उद्यमी प्रवलजंग पाण्डेलगायत अन्य नयाँ लगानीकर्ताको प्रवेश भएको हाे । नयाँ लगानीकर्ताको प्रवेशका लागि नेपाल राष्ट्र बैंकले संस्थापक सेयर कारोबारको बाटो खुला गरेको थियो । बन्द रहेकाे क्यापिटल पुनः सञ्चालनमा अाउने भएकाे छ ।

आइतबार  पाण्डे समूहले  क्यापिटलकाे संस्थापक सेयर  प्रतिकित्ता २२ रुपैयाँमा खरिद गरेका छन् । प्रतिकित्ता २२ रुपैयाँमा ६ करोड ४ लाख २२ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ । क्यापिटलको सेयर म्यानुअल किनबेच भएको थियाे ।क्यापिटलको साधारण सेयर पनि प्रतिकित्ता २२ रुपैयाँमा बिक्री भएको छ । आइतबार फाइनान्सको ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बन्द रहेकाे क्यापिटल मर्चेन्टमा लगानी  गरेको उद्यमी पाण्डेले बताए । उनले कम्पनीको मूल्याँकन सकेर ६ महिनाभित्र समस्याग्रस्त मुत्त बनाउने याेजना रहेकाे जानकारी दिए । कुल ९६ लाख कित्ता सेयर रहेकोमा पाण्डे समूहले ६० लाख कित्ता स्वामित्व किनेको छ । ७० प्रतिशत स्वामित्व नयाँ लगानीकर्ताको हुने छ । बाँकी ३० प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।

कर्जाको दुरुपयोग भएपछि संस्था वित्तीय अवस्थामा धरासायी भएपछि राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ छ । क्यापिटलसंग ८३ करोड ४० लाख रुपैयाँ निक्षेप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.