कैलाश विकास बैंकलाई बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड

  २०७५ असोज ७ गते १८:०२     विकासन्युज

काठमाडौं। कैलाश विकास बैंकले यस वर्षको बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जित्न सफल भएको छ । न्यू बिजनेश एज प्राइभेट लिमिटेडको आयोजनमा शुक्रबार सम्पन्न बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८” बाट बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड कैलाशलाई प्रदान गरिएको हो ।

कैलाशले यस अघि पनि नेपाल राष्ट्र बैंक, पोखरा उधोग बाणिज्य संघ र नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सम्मान तथा एवार्ड प्राप्त गरेको थियो ।

अत्याधुनिक प्रविधिको उपयोग गर्दै मोबाएल, एसएमएस, ईन्टरनेट बैंकिङ्ग सेवा, सेयर लगानीकर्ताहरुको लागि डिम्याट, सी–आस्वा, भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा भिसा कार्डको सुभारम्भ गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.