नारायणी डेभलपमेन्ट बैंकमा नयाँ लगानीकर्ताको प्रवेश, सञ्चालनको तयारी

  २०७५ असोज ७ गते १८:३१     विकासन्युज

काठमाडौं । चितवनमा कार्यक्षेत्र रहेको नारायणी डेभलपमेन्ट बैंकले पुनः सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेको छ । बैंकलाई पुनः सञ्चालनका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिइएको छ । कारोबार सञ्चालनको लागि स्वीकृतिको प्रतीक्षा गरिरहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा नारायणीबाट तत्कालिन समयमा प्रवाह भएका कर्जा अत्यन्तै जोखिमयुक्त रहेको, सर्वसाधारण निक्षेपकर्ता, लगानीकर्ताहरुको निक्षेप तथा लगानीको सुरक्षा गर्न बैंक असक्षम रहेको भनी १३ बूँदे निर्देशन जारी गरेको थियो । ती निर्देशनहरुमा पूरै सुधार गरी पुनः सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिएको बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले अत्यन्तै जोखिम युक्त भनेका ९५ प्रतिशत कर्जा असुलउपर भैसकेको छ ।

नयाँ लगानीकर्ता प्रवेश भै नयाँ संचालक समिति बनेपछि बैंकमा उल्लेख्यरुपमा सुधार आएको छ । सर्वसाधारण निक्षेपकर्ता तथा लगानीकर्ताको अधिकार तथा हित संरक्षण गर्न बैंक सक्षम अवस्थामा पुगेको छ । राष्ट्र बैंकले सुधारका लागि दिएको समयावधिभित्र आफ्नो पुँजी पु¥याई बैंक संचालनको प्रक्रियामा छ ।

बैंकले आवश्यक साधारण सभाहरु पनि सम्पन्न गरिसकेको जानकारी दिएको छ । नयाँ संचालक समिति र बैंक ब्यवस्थापनको संयुक्त प्रयासले बैंकको पँुजीकोष अनुपात सीमाभित्र ल्याइ सकिएको र समस्याग्रस्त बित्तीय संस्थाको सुचिवाट फुकुवा गरिदिन राष्ट्र बैंकमा निवेदन समेत पेश गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.