२०७५ असोज ७ गते १८:४८ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि दशैंका लागि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ । केन्द्रीय बैंकले गत वर्षको जस्तै १ जनालाई २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न लागेको हो ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्ने छन् ।
३ वटा बैंकको पायक पर्ने शाखाबाट नयाँ नोट पाइने उनले बताए । निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्र सटही सुविधा दिने छ ।
नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ । राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ। कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.