भैरवकुण्ड हाइड्रोपावरले ऋण तिरेन, लिलामी गर्ने बैंकको चेतावनी

  २०७५ असोज १२ गते १०:०६     विकासन्युज

काठमाडौं । निजी लगानीमा निर्माण भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई बैंकले लिलाम गर्ने अवस्थामा पुगेको छ । कर्जा नतिरेपछि आयोजना नै लिलामी हुने अवस्थामा पुगेको हो । सहवित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गरेको ५ वटा बैंक तथा वित्तीय संस्थाले ३५ दिनभित्र कर्जा चुत्ता गर्न आउन सार्वजनिक सुचना जारी गरेका छन् ।

सो अवधिमा कर्जा चुत्ता नगरे कालो सुचिमा राखेर लिलामीको काम सुरु गर्ने बैंकहरुले आयोजनालाई चेतावनी दिएका छन् । सानिमा बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी भएको हो । शुक्रबार बैंक सानिमा अतिरित्त बैंक अफ काठमाण्डु, एनएमबी बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड र ग्लोबल आईएमई बैंकले संयुत्त रुपमा सुचना प्रकाशित गरी कर्जा तिर्न आउनु भनेका हुन् ।

बैंकहरुले संस्थागत लगानीकर्ता सामना मल्टिपल इन्भेष्टमेन्ट, सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी, एनएनके ग्रुप, मल्ली मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट मल्टिपल इन्भेष्टमेन्ट कम्पनी र श्री लालिगुराँश वहुउद्धेश्य सहकारी संस्था रहेको बैंकले जनाएको छ । भैरवकुण्डले ३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरेको छ ।

आयोजनाले २०७१ जेठदेखि विद्युत उत्पादन शुरू गरेको हो । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र ०७२ को वैशाखको भूकम्पले आयोजनामा पुर्याएको क्षतिलाई पुनर्निर्माण गरेको छ ।कम्पनीले जुरे पहिरो र भूकम्पका कारण १२ करोड १६ लाख रुपियाँभन्दा बढीको क्षति भएको जनाएको छ ।

निर्माण सम्पन्न भएर पुनः सञ्चालन हुँदासम्म परियोजनाको लागत ७२ करोड ८८ लाख रुपियाँ लाग्ने बताइएको छ।
निष्कासन गर्ने भएको छ । ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीले हालसम्म ७३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.