निर्धन उत्थान लघुवित्तको ४२ प्रतिशत लाभांश दिने प्रस्ताव

  २०७५ असोज १२ गते ११:२९     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २२.११ प्रतिशत अर्थात २२ करोड १० लाख रुपैयाँ र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.