६६६ स्थानीय तहमा बैंक पुगे

  २०७५ असोज १२ गते १४:४९     विकासन्युज

काठमाडौं । ६६६ स्थानीयत तहमा बैंक पुगेका छन् । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।

केन्द्रीय बैंकबाट इजाजत पाएका बैंक तथा वित्तीय संस्थाहरुको संख्या साउनमा घटेर १५२ पुगेको छ । जस अनुसार गत साउनमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल ६ हजार ७१४ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.