ज्योति लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा, ४ अर्बको बीमाङक जारी

  २०७५ असोज १२ गते १६:५८     विकासन्युज

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोश्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष असोजदेखि ज्योतिले जीवन बीमा व्यवसाय सुरु गरेको हो । कम्पनीले कुनै पनि संगठनमा कार्यरत कर्मचारीहरुको लागि सम्पुर्ण बीमा सुविधा सहित सामूहिक म्यादी जीबन बीमा योजना समेत जारी गरेको छ । कर्मचारीहरुको बीमा गराइ श्रम ऐन २०७४ मा उल्लेख भएको व्यवस्थाको पुर्ण परिपालना गर्न सकिने समेत जानकारी गराएको छ।
एक वर्षको अवधिमा ७५ वटा शाखा संजाल बिस्तार, विभिन्न ७ वटा आकर्षक जीबन बीमा योजना जारी गरी १ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको जानकारी दिएको छ । कुल बीमाङ्क ४ अर्ब, ३७ करोड बीमा शुल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.