प्रभु बैंकको सेयर सबैभन्दा बढी किनबेच, यस्तो छ कारण

  २०७५ असोज १३ गते १७:०६     विकासन्युज

काठमाडौ । प्रभु बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको २३ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ ।

क्यापिटलको ३० लाख ८५ हजार कित्ता सेयर कारोबार भएको छ । प्रभु बैंकको सेयर मूल्य सस्तो भएपछि लगानीकर्ताले बढी किनेका हुन् । पछिल्लो समयमा प्रभुको सेयर मूल्य बढ्दै गएको छ । प्रभुको सेयर मूल्य बढेर प्रतिकित्ता २४० रुपैयाँ पुगेको छ । उसको सेयर मूल्य बढ्ने क्रममा छ । क्यापिटल मर्चेन्ट पुनः सञ्चालनमा आउन लागेकाले नयाँ समूहले प्रतिकित्ता २२ रुपैयाँमा संस्थापक सेयर खरिद गर्दा कारोबार बढी देखिएको हो ।

यस साता ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १८९ कम्पनीको १ करोड ६७ लाख ७२ हजार २४० कित्ता सेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २६ प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता सेययर २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.