सेञ्चुरी बैंकले विश्व मुटु दिवसको उपलक्ष्यमा गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

  २०७५ असोज १४ गते १२:००     विकासन्युज

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा मुटु सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहक, शेयरधनी, कर्मचारी लगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.