सेयर बजार दोहोरो अंकले घट्दा ग्लोबल आईएमईको सबैभन्दा बढी कारोबार

  २०७५ असोज १४ गते १६:१२     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन बजार १०.४७ अंकले घटेर नेप्से परिसुचक १ हजार २५६ मा सीमित भएको छ ।

बजार घटेपछि सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । व्यापारिक बाहेक सबै क्षेत्रको सुचक घटेको छ ।

नेप्से घटेका बेला सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । ग्लोबल आईएमईको प्रतिकित्ता ३२० रुपैयाँमा ६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ग्लोबलको सेयर मूल्य कम भएकाले पनि लगानीकताले बढी खरिद गरेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन र बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.