बैंकको वित्तीय विवरण अब इन्टरनेटबाट हेर्न पाइने

  २०७५ असोज १४ गते १७:५६     विकासन्युज

 

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित बैंक तथा वित्तीय संस्थाका कारोबारको अनुगमन पनि सहज रूपमा गर्नसक्ने भएको छ । नेपाल वित्तीय समावेशीकरण ‘पोर्टल’ को शुरुवातसँगै वित्तीय सेवा प्रदायक, वित्तीय क्षेत्रका साझेदार एवं सरोकारवाला र त्यसमा सर्वसाधारणको पहुँचबारे जोसुकैले जानकारी लिन सहज भएको हो ।

नेपाल राष्ट्र बैंका गभर्नर चिरञ्जीवी नेपालले उक्त पोर्टलको राजधानीमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्दै देशभरका ७५३ वटै स्थानीय निकायमा बैंक तथा वित्तीय सेवा पु¥याउन केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.