२०७५ असोज १७ गते १५:०२ विकासन्युज
काठमाडौं। मुस्ताङ्ग जिल्लाको जोमसोममा कृषि विकास बैंकमा अनलाईन बैकिङ्गको शुभारम्भ कार्यक्रमको मंगलबार असोज १६ गतेका दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाबाट औपचारिक उदघाटन भएको छ। ।
कृषि विकास बैंक क्षेत्रिय कार्यालय, पोखराका निर्देशक श्री मोहदत्त शर्मा पौडेलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक जोमसोमका प्रबन्धक सुदिल घिमिरेले गरेका थिए।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा भु.पु. सभासद श्रीमाया थकाली, उच्च शिखर सैनिक शिक्षालयका महासेनानी सुनिलराज विष्ट, बज्रदलका प्रमुख सेनानी पंकज पोख्रेल,उच्च शिखर सैनिक शिक्षालयका प्रमुख सेनानी अमर सिहं थापा, सिमा सुरक्षावलका प्रमुख हरी गुरुङ्ग, पत्राकार महासंघ मुस्ताङ्गका अध्यक्ष सुन्दर थकाली, जिल्ला स्थीत कार्यालय प्रमुखहरु, सेवाग्राहीहरु, जिल्ला समन्वय समिति प्रमुख छिरिङ्ग ल्हामो गुरुङ्ग , प्रमुख जिल्ला अधिकारी शिसिर पौडेल, कर्जा ग्राहकको तर्फबाट भिम बहादुर रसाइलीले बैंकले उपलव्ध गराउने सेवाहरुले मुस्ताङ्ग बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एचयमगअत को बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले प्रकाश पारे । त्यस्तै गरी कृषि विकास बैंक लि.का उप–महाप्रबन्धक श्री प्रताप सुवेदीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय पोखराका निर्देशक श्री मोहदत्त शर्मा पौडेलले बैंकले अबका दिनमा मुस्ताङ्गबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश परेका छन्। सो उदघाटन कार्यक्रमको संचालन कृषि विकास बैंक लि.का प्रबक्ता श्री हिमलाल पौडेलज्यूले गरेका थिए।
Copyright © 2024 Bikash Media Pvt. Ltd.