२०७५ असोज १७ गते १८:५३ विकासन्युज
काठमाडौं । यति एयरलाइन्सको नयाँ जहाजले काठमाडौं पोखरा उडान सुरु गरेको छ । बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै एयरलाइन्सले उडान सुरु गरेको हो ।
यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट बुधबारदेखि काठमाण्डौं–पोखरा–काठमाण्डौं रुटमा उडान भरेको छ । यतिका सञ्चार अधिकृत भीमराज आचार्यका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ७२–५०० बाट गर्ने तालिका बनाएको छ ।
यात्रुको माग अनुसार उडान थप्न सकिने आचार्यले बताए । एटिआर बाहेक यतीले यतिबेला काठमाण्डौं–पोखरा–काठमाण्डौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बनेपनि १० वटासम्म उडान नियमित रुपमा भइरहेको उनले बताए ।
७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पुर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रुहरु एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागि उडान भरेको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.