झालाई अध्यक्ष बनाउनु पर्ने कारण पेस गर्न सञ्चार मन्त्रालयलाई निर्देशन

  २०७५ असोज १८ गते १४:२९     विकासन्युज

काठमाडौं । संसदको विकास समितीले सञ्चार तथा सूचना मन्त्रालयसँग दूर सञ्चार प्राधिकरणमा अध्यक्ष दिगम्बर झालाई बनाउनु पर्ने कारण माग गरेको छ । बिहिबार बसेको समितिको बैठकले मन्त्रालयलाई १५ दिनभित्र कारण पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणमा पहिले पनि दिगम्बर झा नै अध्यक्ष रहेका थिए । उनले पदबाट राजिनामा दिएर पुन खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । आवेदन दिएका १५ जनामध्ये मन्त्रालयले उत्कृष्ट ३ जनाभित्र झालाई समेट्दै मन्त्रिपरिसदमा पेस गरेको थियो । यसपछि मन्त्रिपरिषदले झालाई नै ५ वर्षको लागि अध्यक्षमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.