सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सहकार्य, ग्राहक र सेयरधनीलाई १० प्रतिशत छुट

  २०७५ असोज १९ गते ९:२९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पतालका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.