२०७५ असोज २२ गते १४:१६ विकासन्युज
नयाँदिल्ली । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।
नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर ८२.०३ भारु (नेरु. १३१.२५) र डिजेलको मूल्य भारु ७३.८२ (नेरु ११८.११) पुगेको छ ।
मुम्बईमा पेट्रोलको मूल्य ८७.५० भारु र डिजेलको मूल्य ७७.३७ भारु तोकिएको छ ।
सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर २.५० भारुले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए । रासस/एएनआई
Copyright © 2024 Bikash Media Pvt. Ltd.