साईनिङ्ग स्टार सहकारीबाट ४ करोड ठगी गरी काठमाडौंमा घर किन्ने अजय महर्जन पक्राउ

  २०७५ असोज २३ गते १७:५४     विकासन्युज

काठमाडौं । सहकारीको ४ करोड रुपैयाँ घोटला गरेका साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका तत्कालिन संचालक समिति सदस्य अजय महर्जन पक्राउ परेका छन् । महर्जनलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरको हो ।

काठमाडौं महानगरपालिका वडा नं १३ ताहाचल बस्ने महर्जनलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ बैशाख १७ गते ४० लाख ७८ हजार ८८१ रुपैयाँ जरीवाना र २ वर्ष ८ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसलापछि उनी वेपत्ता भएका थिए । महर्जनलाई व्यूरोको टोलीले असोज २२ गते सोमबार राजधानीको ताहाचलबाट पक्राउ गरेको सीआईबीका प्रहरी नायव उपरिक्षक निरन्जनदत्त भट्टले बताए ।

उनका अनुसार सीआइबीले फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पेश गरिएको जनाएको छ । पक्राउ परेका महर्जनलाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको छ ।

सहकारीको तत्कालिन संञ्चालक समितिमा रहेका महर्जनले आकर्षक ब्याज र उपहारको झुटा प्रलोभनमा देखाई बिभिन्न मितिमा निक्षेपकर्ताहरुबाट संकलित ४ करोड १७ लाख ५८ हजार ७०० रुपैयाँ हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा र सोको ब्याज समेत फिर्ता नगरी ठगी गरेका थिए ।

ठगीमा संलग्न रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठ समेत दुई जनालाई गत साउन १० गते पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.