राप्तीबाट ४ लाख स्मार्ट लाइसेन्स वितरण

  २०७५ कार्तिक ७ गते १२:२०     विकासन्युज

लमही । यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताए ।

यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उनले बताए । नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब शुब्बा शान्तराज गौतमले बताएका छन्।

राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण शुरु भएको उनको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार ८९९ लाइसेन्स वितरण भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.