२०७५ कार्तिक ८ गते १३:३९ विकासन्युज
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको आवेदन खुलाएको छ । काउन्सिलले कात्तिक ९ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन फारम खुलाएको हो ।
फारम अनलाइनबाटै भर्न सकिने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार अनलाइनबाट मात्रै आवेदन बुझाउन सकिनेछ । एमबिबिएस, बिडिएस वा सो सरह अध्ययन गरेको व्यक्तिले ६ महिना इन्टर्नसिप गरेको हुनुपर्नेछ । यसैगरी विदेशबाट अध्ययन गर्ने व्यक्तिको हकमा १ वर्ष इन्टर्नसिपको प्रमाणपत्र आवश्यक पर्नेछ ।
आवेदन बिदाको दिनमा पनि दिन सकिनेछ । मंसिर ९ र १० गते भने दोब्बर शुल्कमा आवेदन दिन सकिने काउन्सिलले जानकारी दिएको छ । फारम www.nmc.org.np मा गर्इ भर्न सकिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.