२०७५ कार्तिक १३ गते १८:२० विकासन्युज
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वर्ष पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
बैंकले “रक्तदान-जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुुवाटार, पोखराको कलष्टर कार्यालयहरु र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारीहरुद्धारा रक्तदान गरि कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.