२०७५ मंसिर १० गते १८:०० विकासन्युज
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । उक्त अवसरमा बैंकले वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरु आयोजना गर्दै छ ।
वार्षिकोत्सवको दिन(सोमबार) बैंकले पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा बैंकले ३०० वटा वृक्षारोपण गरेको छ । उक्त बिरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बैंकले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.