सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त

  २०७५ मंसिर १७ गते १४:२८     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् ।

यसअघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

आरम्भ माइक्रोफाइनान्सभन्दा अघि आचार्यले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.