२०७५ मंसिर १८ गते १६:४९ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सजिलै सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.