निर्वाण चौधरी नबिल बैंकको सञ्चालकमा पुन: मनाेनित

  २०७५ मंसिर २० गते १०:१९     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् । एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ । मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ ।

नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.